गायक रामकृष्ण ढकालकी श्रीमति नीलमलाई उनका साथीहरुले फेसनमा ध्यान दिने महिला भनेर वुझ्छन् । एक छोरीकी आमा नीलमको फिगर मेन्टेनदेखि पहिरनमा सजगता गजबकै छ । नीलमका अनुसार उनी खर्चालु श्रीमति हुन् ।
नीलमलाई सबैभन्दा धेरै स्यान्डलको माया लाग्छ । बाहिरबाट घर पुग्ने वित्तिकै स्यान्डल पुछेर राख्ने गरेको उनले सुनाइन् । उनीसँग २५ जोर भन्दा बढी स्यान्डल छ । नीलम सार्वजनिक कार्यक्रममा वन पिस पहिरन धेरै लगाउँछिन् । आफूसँग ४० वटा भन्दा बढी वन पिस भएको नीलमले अनलाइनखबरलाई बताइन् । नीलमले छोटो कपडा पनि लगाउने गरेको बताइन् ।
आजसम्म उनले ४ वटा म्यूजिक भिडियोमा काम गरेकी छिन् । चलचित्र ‘आवरण’मा समावेश एक गीतको भिडियोमा उनले मोडलिङ गरेकी छिन् । यो भिडियोमा सुरुमा रामकृष्ण र नीलमले काम गर्ने कुरा थियो । तर, अमेरिका गएका रामकृष्ण भीसा थपेर १५ दिन बढी बसेपछि नीलमले उनै उनलाई आउट गरिदिएकी थिइन् । नीलमलाई लाग्छ, रामकृष्णलाई तस्बिर खिच्दा पोज दिन आउँदैन । उनले भनिन्-‘आफ्नै श्रीमतीसँग त पोज दिन नसक्नेले अरु मोडलसँग कसरी तस्बिर खिच्दा राम्रो पोज दिनुहोला र ?’
रामकृष्णको पहिरन सजगताको भने नीलम फ्यान हुन् । नेपालका ५ गायकमध्ये रामकृष्ण पनि पहिरनमा सजग भएका गायकमा पर्ने नीलमको भनाई छ । विदेशमा धेरै घुम्ने भएकाले पनि रामकृष्णले धेरै कुरा वुझेको र केही कुरा आफूले पनि सिकाउने नीलमले बताइन् ।
तस्विरः श्रीधर पाैडेल
प्रतिक्रिया 4