Comments Add Comment

एनसेललाई ‘नेपाल मोबाईल सेवा प्रदायक-२०१६’ को उपाधि

ncell-award३० असोज, काठमाडौं । एनसेल प्राईभेट लिमिटेड (एनसेल) लगातार दोस्रो वर्ष फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ । यो प्रख्यात पुरस्कार एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो ।

यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप-समुहअन्र्तगत पर्दछ । यसले एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा संचार प्रविधि लगायतका क्षेत्रहरुमा हजारौं कम्पनीहरु मध्ये सबैभन्दा राम्रो अभ्यास गर्दै आएको लाई यो स्ाम्मान प्रदान गर्दछ ।

ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रतिग्राहक मिश्रति औषत आय, प्रतिग्राहक आयको वृद्घ,ि सेवा अथवा व्यवसायमा नविनता लगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सुचकहरुको आधारमा कडा मापदण्ड भित्र रहेर पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् भन्छन्, “हामी कृतज्ञ छौ । ग्राहक माध्यान केन्दि्रत गर्दै उनीहरुको विभिन्न संचार सेवाको आवश्यकताहरुलाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक अन्र्तराष्ट्रिय रुपमा सम्मान पाएको छ ।

प|mोस्ट एण्ड सलिभनले अवार्ड दिनका लागि कठिन प्रद्घति अपनाउँछ र यो सफलता एनसेललको उदाहरणीय सम्ाग्र विकास र उत्कृष्ट कार्य पद्धतीको प्रमाण हो । यो देशको सामाजिक आर्थिक सवृद्घीका लागि कडा परिश्रम गर्ने हाम्रा सबै कर्मचारीहरुको मेहेनतको नतिजा हो ।

“लगातार दोस्रो वर्षको यो सम्मानबाट प्रात्साहित एनसेल, आफ्नो नेटवर्कमा महत्वपुर्ण सुधार ल्याउन र अझ थप नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध छ । हामी नेपाली जनतालाई निरन्तर रुपमा उत्कृष्ट र दिगो सेवा प्रदान गर्न कटिवद्घ छौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment