९ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको बैठक अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा नपठाई छठसम्मका लागि स्थगित भएको छ ।
संसदको मंगलबारको बैठकमा कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको थियो । तर, बैठक झण्डै २ घन्टा मात्र चल्यो र सांसदहरुले बोल्ने क्रम नसकिएको भन्दै महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएन ।
साथै सभामुख ओनसरी घर्तीले संसद बैठक अब तिहार र छठपछि २५ गते बस्ने गरी स्थगित गरेकी छन् । जबकी तिहारको सार्बजनिक विदा सुरु हुन अझै चार दिन बाँकी छ ।
[sam_list]
संसदमा एकता प्रदर्शनः भष्मासुरदेखि अरिंगालसम्म !
अख्तियार प्रमुख लोकमानसिंहलाई कारवाही गर्नुपर्ने पक्षमा व्यवस्थापिका संसदमा अभूतपूर्व एकता देखिएको छ । प्रमुख दलहरुका साथै साना पार्टी र मधेसी दलसमेत महाअभियोग प्रस्तावमा उभिएका छन् ।
मंगलबारदेखि संसदमा लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा छलफल शुरु भएको छ । यसक्रममा एमाले, कांग्रेस र माओवादीका सांसदहरुले मात्रै होइन, नेकपा माले, राष्ट्रिय जनमोर्चा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले समेत महाअभियोगको प्रस्तावलाई सकारात्मक भनेका छन् ।
नेमकिपा र परिवार दलले पनि महाअभियोगको प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । राप्रपा नेपालले आफू भ्रष्टाचारको विपक्षमा रहेको भन्दै यसबारे संसदीय दलले निर्णय गर्ने बताएको छ ।
व्यवस्थापिका संसदमा बोल्ने क्रममा कांग्रेसका वक्ताहरुले महाअभियोगको प्रस्ताव जसरी ल्याइयो त्यसोका प्रक्रियामा चित्त नबुझेको बताए । तर, उनीहरुले कांग्रेसले महाअभियोग प्रस्ताव पारित गरिदिने बताएका छन् ।
संसदमा मंगलबार कांग्रेसका तर्फबाट गगन थापा, रामहरि खतिवडा र बद्री पाण्डेले बोलेका थिए । उनीहरुले लोकमानविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई नेपाली कांग्रेसले पारित गर्ने संसदमा प्रतिवद्धता जनाए ।
त्यसैगरी एमालेका तर्फबाट सदनमा महाअभियोग प्रस्तावका समर्थक भानुभक्त ढकालले बोलेका थिए । त्यसैगरी एमालेका तर्फबाट सांसद रविन्द्र अधिकारी, यज्ञराज सुनुवारलगायतले बहसमा भाग लिए । यसक्रममा सुनुवारले सरकारी निवासमा बसेर षड्यन्त्र गरिरहेको भन्दै लोकमानमाथि राज्यले निगरानी बढाउनुपर्ने बताए ।
माओवादीका तर्फबाट महाअभियोगका प्रस्तावक सांसद महेन्द्रबहादुर शाहीलगायतले बोलेका थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जीतेन्द्र देव, परिवार दलका एकनाथ ढकाल, नेकपा मालेका सीपी मैनाली, राष्ट्रिय जनमोर्चाकी मीना पुन, नेपाः पार्टीका लक्ष्मण राजबंशी र राप्रपा नेपालकी सांसद कुन्ती शाही, नेमकिपाकी अनुराधा थापा लगायतले महाअभियोग प्रस्तावबारे बोलेका थिए ।
संसदमा बोल्ने क्रममा केही सांसदहरुले लोकमानसिंह कार्कीलाई भष्मासुर र अरिंगालको संज्ञासमेत दिन भ्याए ।
नेपाः पार्टीका सांसद राजबंशीले लोकमानसिंह भष्मासुर हुन् भन्दै उनलाई हटाउने प्रश्न व्यक्तिगत नभएर संसदको प्रतिष्ठाको विषय भएको बताए । प्रमुख दलहरुले मौरीको घारमा अरिंगाललाई राखेर मह बनाउन खोजेको भन्दै उनले कार्कीलाई अरिंगालको समेत संज्ञा दिए ।
थप समाचार पढ्नुहोस्
यस्ता छन् लोकमानलाई महाअभियोग लगाउनुका ९ कारण
लोकमानले समानान्तर सत्ता चलाउन थालेकाले महाअभियोगः ढकाल
गगन थापाको प्रश्नः लोकमानलाई नियुक्त गर्दा हामी हारेको कोसँग ? (भिडियोसहित)
महाअभियोग प्रस्ताव सत्ताको खेल होइनः रविन्द्र अधिकारी
लोकमानसिंह कार्की श्री ६ बन्न खोजेः रामहरि खतिवडा
प्रतिक्रिया 4