सोमबार, १६ फागुन, २०७३
OnlineKhabar.com

गगन थापाको प्रश्नः लोकमानलाई नियुक्त गर्दा हामी हारेको कोसँग ? (भिडियोसहित)

अनलाइनखबर

gagan-thapa

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं स्वास्थ्यमन्त्री गगन थापाले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्दा दलका शीर्ष नेताहरुले गम्भीर गल्ती गरेको बताएका छन् ।

कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै थापाले आफ्नो पार्टीमा कुनै हालतमा यस्तो गल्ती गर्नु हुन्न भन्दा भन्दै नियुक्ति भएको स्मरण गरे । त्यसबेला आफूसहितका नेताहरुले तत्कालीन सभापति र राष्ट्रपतिले हामी हार्‍यौं भनेको भन्दै उनले संसदमा प्रश्न गरे, ‘हामी हारेेको कोसँग हो ?’

यो लोकमान सिंह कार्कीसँग जोडिएको विषय मात्र नभई स्वाभामानसँग जोडिएको उनले बताए । उनले अघि भने, ‘जबसम्म हामीले कोसँग हारेको छाति पिटेर भन्न सक्दैन, तबसम्म जति संविधान बनाएपनि केही हुँदैन । त्यसकै वरिपरि घुम्छ ।’

गगन थापाको सम्बोधनको पूर्णपाठ पढ्नुहोस्
‘हुबर’ जस्ता लोकमानसँग हामी किन डरायौं ? कोसँग हार्‍यौं ?

हेर्नुहोस् भिडियो 

२०७३ कार्तिक ९ गते १८:५६ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
८ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ कार्तिक ९ गते १६:१०

    म कुनै दलको समर्थक हुँदै होइन तर,

    यति गज्जबको अभिव्यक्ति दिने गगनजीलाई,

    अर्को चुनाबका लागि अहिल्यैनै स्वागत गर्न चाहन्छु l

    गगनजी,

    तपाइको संसदले तपाइको प्रश्नको जवाफ दिने हिम्मत गर्दैन,

    तर हामी सबै नेपालीलाई राम्रोसंग थाहा छ,

    नाकाबन्दी जस्तो घोर अपराध गर्नेले,

    हामीलाई जित्न कहिल्यै दिने छैन,

    जबसम्म उ अनुकुल हाम्रा नेता र कर्मचारी हुनेछन

    तबसम्म उसको प्रयत्न हराउनेनै हुनेछ l

    44
    0
    Share

  • kurgheli chapain लेख्नुहुन्छ    |   २०७३ कार्तिक ९ गते १८:१९

    कुसनजीले बडा तारिफ गर्नु भो गगनको कुरा चपाइ र बुझ पचाइको जसरी कि उन्ले छाति पिटेर त्यो शक्तिको न्वारन गर्नाका साथै उस्को विरुद्धमा औला ठड्याए !!!?

    1
    0
    Share

  • som dhakal; लेख्नुहुन्छ    |   २०७३ कार्तिक १० गते १०:१६

    ‘हामी हारेेको कोसँग हो ?’

    0
    0
    Share

  • raju pokharel लेख्नुहुन्छ    |   २०७३ कार्तिक ९ गते १६:२१

    जबसम्म हामीले कोसँग हारेको छाति पिटेर भन्न सक्दैन, तबसम्म जति संविधान बनाएपनि केही हुँदैन

    33
    0
    Share

  • self लेख्नुहुन्छ    |   २०७३ कार्तिक १० गते ०:१७

    निकै गाह्रो नै छ लाेकमान कार्की लाई हटाउन । दक्षिणले नेपाली नेताहरूलाई (विशेष गरि माअाेवादि) तर्साएर आफ्नो कब्जामा राख्न बनाएको साचाे तेतिकै हट्दैन । यो निक्कै साेचनिए छ ।

    0
    0
    Share

  • Jaya Gurung लेख्नुहुन्छ    |   २०७३ कार्तिक १० गते २:२९

    GREAT

    0
    0
    Share

  • Purna लेख्नुहुन्छ    |   २०७३ कार्तिक १० गते ४:५४

    We love Gagan dada great job you doing we are with you …

    1
    0
    Share

  • Chandra Kanta Pandit लेख्नुहुन्छ    |   २०७३ कार्तिक ११ गते १०:३२

    गगनजीको बिचारलाई पुर्ण समर्थन छ र सुझाब पनि अव लोकमानलाई मात्र होइन नेपाल र नेपालीलाई दासको रुपमा हेर्ने मनोबृति राख्ने भ्रस्ट जो कोहि हुन तिनको विरुद्दमा आवाज उठाउनु पर्छ। भ्रस्ट जो कोहि होस त्यो नेपाली काङ्रेस हुन सक्दैन र त्यसको भ्रस्ट नितिको बिरोध गर्दै भ्रस्टचार बिहिन , नितिले वाधिएको, दिन हिनको दल बनाउन सक्नु पर्छ। भ्रस्टाचार कहा छ, कोसङ्ग छ, कसले गर्छ व्यक्तिको पुर्ख्यौली बिबरण उतारिदीदा थाह भैहाल्छ नि। ब्यक्तिलाई मात्र जिम्मा दिदा डाडु समात्ने भान्छे नै लोभि भैदिदो रहेछ। ब्यक्तिको पुर्खौली सम्पती , आय आर्जनबाट आएको सम्पतिलाई कटाएर बाकी रहेको सम्पतिको लेखाजोखा गर्न लाग्ने हो भने भ्रस्टाचार हराउने छ नेपालबाट। निति हराएर भ्रस्टाचार बढेको हो। तपाइ रहेको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री प्रचण्डको नातिको जन्मदर्ता छैन र बुहारीको बिबाह दर्ता नि छैन रे यो मेडियामा पढ्नु पर्दा मलाई नेपाली भन्न लाज लागेको छ। गगन जी सवैले सुन्ने गरि त्यो अबोध बालकको बारेमा पनि सवै नेपालीले सुन्ने गरि प्रचन्डलाई एक पटक ६०१ भएपनि अहिले ५९५ सभासदलाई साचि राखेर प्रश्न सोधिदिनोस। त्यहि क्षणबाट नेताहरु गलत बाटो रोज्न छोड्नेछन। बरु अप्ठ्यारो छ भने भनिदिनोस यो शिक्षक चन्द्रकान्त पण्डितको अनुरोध सभासद, मन्त्री र प्रधानमन्त्रीलाई भनेर्। त्यो बालक र बालककि अ्आमाले न्याय कहिले पाउने? जनताले आसा गने तपाइहरुलाई नै हो। भोलिका दिनमा मुख हुदा हुदै नाकले पानी पिउने दिन पनि ननिम्तियोस भनेर। आज हिजोको सभामुख लोकमानले सम्बिधान लेख्ने बेलामा दुख दियो भन्ने पनि पढे। किन हिजो नै त्यो आवाज बोल्नसक्नुभएन हिजोका सम्माननिय सभामुख ज्यूले। उपचार समयमा गरेमा मात्र घाटसम्म अकालैमा पुग्न नपर्ला।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this