+
+
Shares

संसदीय समितिमा अख्तियार प्रमुखले भने- पासपोर्टको मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग छलफल भएको थियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा अघि प्रधानमन्त्रीसँग छलफल भएको संसदीय समितिलाई जानकारी दिएका छन् ।
  • राईले प्रधानमन्त्रीले बोलाएर छलफल वा सुझाव लिन सक्ने भन्दै आफूहरू छलफलमा गएको बताए ।
  • उनले अभियोजनपत्र हेर्न सांसदहरूलाई सुझाव दिँदै कैफियत बिना मुद्दा लगेको दाबी गरेका छन् ।

४ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्टको ठेक्का प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग छलफल भएको संसदीय समितिलाई नै जानकारी दिएका छन् ।

राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त राईले यस्तो छलफललाई स्वाभाविक भएको आसय व्यक्त गरेका छन् ।

‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको हो कि होइन भन्नेमा प्रश्नमा छलफल गर्न बोलाउन सकिन्छ । सुझाव लिन बोलाउन सकिन्छ त्यो विषयमा के भइरहेको हो भनेर तपाईंले के गरिराख्नु भएको छ भनेर बोलाउन सकिन्छ’ प्रमुख आयुक्त राईले भने,’त्यसैले हामी गएर छलफल गर्यौं ।’

अहिले मुद्दा दर्ता भइसकेकोले त्यसमा केही कैफियत छ कि छैन भन्ने अभियोजन नै हेर्न उनले सांसदहरूलाई सुझाव दिए ।

‘अभियोजनको त्यो पत्र तपाईंहरूले हेर्नुस् स्पष्ट देख्नुहुन्छ । कैफियत बिना हामीले लगेको अवस्था छैन’ उनले भने,’ यसमा म धेरै प्रवेश गर्न चाहन्नँ ।’

पासपोर्टको ठेक्का प्रकरणमा प्रधानमन्त्री कार्यालयमा ७ घण्टा राखेर दबाब मुद्दा चलाउन दबाब दिएको घटना बाहिर आएको थियो । त्यो विषयमा सांसदहरूले बिहीबारको बैठकमा प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?