+
+
Shares

गाउँपालिकाका सूचना प्रविधि अधिकृत घुससहित समातिए

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते २०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तामाङलाई सोमबार काठमाडौंको बालाजुबाट एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
  • तामाङले भुक्तानी भइसकेको योजनामा कमिसन नदिएको भन्दै सेवाग्राहीलाई हैरानी दिई घुस रकम मागेको आरोप लागेको छ ।

१८ साउन, काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार दिउँसो १ ला घुस रकमसहित पक्राउ गरेको हो ।

तामाङले भुक्तानी भइसकेपछि कमिसन किन नदिएको भनि बार्गेनिङ गर्दै दु:ख हैरानी दिइ घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।

सो क्रममा काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुबाट एक लाख रकम लिइसकेको र थप ५ हजार स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?