+
+

शाहरुख पत्नी गौरीले किन गरिन् पाँच हजार प्रस्ताव ?

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २७ गते २१:१५

gauri-khanमुम्बई । बलिउड नायका शाहरुख खानकी श्रीमति गौरी खानले आफ्नो एक फोटो डिलेट गर्नका लागि पाँचहजार प्रस्ताव गरेकि छिन् ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार गौरी आफ्नो नयाँ शोरुमको खोजीमा रहेको बेला एकजना ब्यबसायिक फोटोग्राफरले उनको तस्विर खिचे । तस्विर खिचेको जानकारी पाए लगत्तै गौरीले आफ्नो बडीगार्डलाई फोटोग्राफर समक्ष पठाईन् । फोटोग्राफरले बडी गार्डको आग्रह मानेनन् । त्यसपछि गौरी आफैं गइन् ।

गौरीको पनि प्रस्ताव नमानेपछि उनले फोटो डिलेट गरेमा पारिश्रमिक पाँच हजार दिने बताईन् । त्यसपछि फोटोग्राफर झनै मानेनन् । उनले गौरीलाई नर्मल तस्विर हो भन्दै पठाए ।
४६ वषर्ीय गौरी फिल्म निर्माताको अतिरिक्त इन्टेरियर डिजाइनर हुन् । मैं हुँ ना, ओम शान्ति ओम, माइ नेम इज खान, रा वन, चेन्नई एक्सप्रेशलगायतको फिल्ममा उनले लगानी गरेकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?