 
																						पहिरोको प्रतिनिधिमूलक तस्वीर								
											१२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाको २४ नम्बर वडाको मखनगल्लीको एक सय वर्ष भन्दा पुरानो घर भत्किएको छ ।
निरन्तर वर्षाको कारण पानी चुहिएर तुँछेबहालको घर भत्किएको वडाध्यक्ष विनोद राजभण्डारीले बताए । ‘एक सय वर्ष भन्दा पुरानो घरको माटोहरु झर्न थालेको थियो, पानी छिरेपछि भत्किन सुरु गर्यो । यो घरको बाटो हुँदै जानुपर्ने ५ घरको बाटो अवरुद्ध भएको थियो’, वडाध्यक्ष राजभण्डारीले भने ।
‘घरमा मान्छे नबसेपनि यो घरमा एउटा बौद्ध विहार समेत थियो । यो मखनगल्ली कै मात्रै नभई काठमाडौं कै पुरानो घरमध्ये एक हो,’उनले भने । घर भत्किएपछि महानगर प्रहरी बलले माटो, काठ पन्छाएको छ ।
‘हिँड्नलाई खतरा नहुने गरी हामीले केही सामानहरु पन्छाएका छौं । अब घरबेटी आएपछि बाँकी भग्नावशेष भत्काउनुपर्छ’, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4