+
+
Shares

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

कपिल कोइराला कपिल कोइराला
२०८३ जेठ ६ गते ७:५४
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा मरेका कागमा परीक्षण गर्दा लो प्याथोजेनिक एच–९ प्रकारको बर्डफ्लु पुष्टि भएको छ।
  • नगरपालिकाले बर्डफ्लुबाट मानव स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • कुखुरा फार्ममा जैविक सुरक्षा विधि कडाइका साथ लागू गर्न, बिरामी कुखुरा देखिए पशु सेवा कार्यालयमा खबर गर्न निर्देशन दिइएको छ।

६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ ।

नमोबुद्ध नगरपालिकाले वडा नं. २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षणमा गर्दा बर्ड फ्लु पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।

नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा परीक्षणका लागि पठाइएको थियो । ‘प्रयोगशालाबाट आएको परीक्षण नतिजाअनुसार ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्डफ्लु पुष्टि भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।

नगरपालिकाले सूचना निकालेर बर्डफ्लु रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलिन नदिन सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सूचनामा कुखुरा फार्ममा जैविक सुरक्षा विधि कडाइका साथ लागू गर्न, अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन, फार्म परिसरमा अन्य पशुपन्छी प्रवेश हुन नदिन तथा फार्ममा प्रयोग हुने सामग्री नियमित नि:संक्रमण गर्न आग्रह गरिएको छ ।

त्यस्तै, कुखुरा पालन गर्ने कृषकलाई व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, बिरामी कुखुरा देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन तथा खुला रूपमा कुखुरा पालन नगर्न पनि अनुरोध गरिएको छ ।

नगरपालिकाले कुखुरा तथा कुखुराजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन दिएको छ । साथै कुनै फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न आग्रह पनि गरिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?