+
+
Shares

काभ्रेका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

४ वटा केन्द्रमा सबै कर्मचारी महिला

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन १९ गते ८:२२

१९ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन समाग्री पठाइएको छ ।

आइतबार बिहानबाट सम्बन्धित मतदान केन्द्रका अधिकृतहरुलाई निर्वाचन समग्री बुझाउन सुरु गरिएको थियो । सोमबारसम्म काभ्रेका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइसकिएको प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।

काभ्रेका दुई निर्वाचनमा क्षेत्रमा ४ सय मतदान केन्द्र तोकिएका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरले कर्मचारी खटिएका छन् ।

चार मतदान केन्द्रमा सबै कर्मचारी महिला

काभ्रेमा ४ वटा मतदान केन्द्रमा खटाइएका सबै कर्मचारीहरु महिला मात्र छन् ।

प्रमुख निर्वाचन अधिकृत न्यौपानेका अनुसार काभ्रे क्षेत्र नम्बर १ को  धुलिखेल नगरपालिका–१० कालिका मावि शारदा बतासे ख मतदान केन्द्रमा मतदान अधिकृत दमयन्ती पाण्डेको नेतृत्वमा कर्मचारीहरु खटिएका छन् । सहायक मतदान अधिकृत श्रद्धा शर्मा, सहायक कर्मचारीहरु चन्द्रिका विक, मन्दिरा न्यौपाने र सरिता खनाल तिमल्सेना खटिएका छन् । सहयोगी कर्मचारीको रुपमा सोनिका सुनार छिन् ।

यसैगरी धुलिखेल नगरपालिका ९ स्थित करथरी मावि ख केन्द्रमा सरिता लामा मतदान अधिकृतको रुपमा खटिएकी छन् । यस केन्द्रमा सहायक मतदान अधिकृत दुर्गा अधिकारी र सहायक कर्मचारी सिता लामा, गोपिनी खड्का र गीता पुर्कुटीलाई खटाइएको छ ।

क्षेत्र नम्बर २ को  सञ्जीवनी मावि अड्डाबजार क मतदान केन्द्रमा पनि सबै कर्मचारीहरु महिलामात्रै छन् । मतदान अधिकृत अमुना सुवाल र सहायक मतदान अधिकृत रिता अधिकारी यो मतदान केन्द्रमा छन् । यसैगरी सहायक कर्मचारीको रुपमा कविता पाण्डेय, मिना भोमी, सपना श्रेष्ठ र सहयोगी कर्मचारीको रुपमा राधिका बोहरालाई खटाइएको छ ।

यस्तै सञ्जीवनी माविकै अड्डाबजार ख मतदान केन्द्रमा पनि मतदान अधिकृतको रुपमा निष्ठा कर्माचार्य र सहायक मतदान अधिकृतको रुपमा अस्मिता पौडेललाई खटाइएको छ । यो केन्द्रमा सहायक कर्मचारीको रुपमा प्रेक्षा खनाल, समीक्षा बसेल र महेश्वरी चन्द तथा सहयोगी कर्मचारीको रुपमा लक्ष्मी हुमागाईंलाई खटाइएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?