+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रतिनिधिसभा निर्वाचन : काभ्रे-१ बाट गणेश लामा सिफारिस

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र-१ को बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार सिफारिस गरेको क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट गणेश लामालाई उम्मेदवार सिफारिस गरेको छ।
  • प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थ ब. पसखल लगायतलाई सिफारिस गरेको क्षेत्रीय सभापति दिनेश लामाले बताए।
  • राष्ट्रियसभा निर्वाचनका लागि ईन्द्रमणी अधिकारी र ईश्वरी प्रसाद ओझालाई उम्मेदवारको रुपमा सिफारिस गरिएको छ।

२३ मंसिर, काभ्रेपलाञ्चोक। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका लागि सिफारिस भएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र-१ को बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार सिफारिस गरेको क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थ ब. पसखल, बिदुर बस्नेत, रसिला खनाल (महिला ) तथा समानुपातिक तर्फ हर्षजित लामा (आ.ज.), ललिता किङरिङ (आ.ज. महिला ), हरि बहादुर बल (आ.ज.), मिरा नेपाली (दलित ), उद्धव कोईराला (अपांग ), बाबुराम गिरी (अल्पसंख्यक ) लाई सिफारिस गरिएको हो ।

त्यस्तै राष्ट्रियसभा तर्फ ईन्द्रमणी अधिकारी र ईश्वरी प्रसाद ओझालाई उम्मेदवारको लागि सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?