
२३ असार, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका-२९ घर भई कमलामाई नगरपालिका-६ मा डेरा गरी बस्ने रितेश जोन्छे रहेको प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर सडकबाट करिब २० फिट खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4