+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

न्युजिल्यान्डको माउन्ट माउन्गानुईमा भीषण पहिरो, बालबालिकासहित कैयौँ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १२:५८

८ माघ, काठमाडौं । न्युजिल्यान्डको उत्तरी टापुमा अवस्थित पर्यटकीय क्षेत्र माउन्ट माउन्गानुईमा भीषण वर्षापछि गएको पहिरोमा परी बालबालिकासहित कैयौँ मानिसहरू बेपत्ता भएका छन्।

बिहीबार बिहान करिब ९:३० बजे माउन्ट माउन्गानुईको फेदीमा रहेको ‘बिचसाइड होलिडे पार्क’ मा ठूलो पहिरो खस्दा त्यहाँ रहेका क्याम्परभ्यान, कार, टेन्ट र भवनहरू पुरिएका हुन्।

सुरुमा भग्नावशेषमुनिबाट केही मानिसहरूको आवाज सुनिएको भए पनि त्यसपछिका केही घण्टासम्म कुनै पनि जीवित व्यक्तिको सङ्केत फेला परेको छैन। ‘फायर एन्ड इमर्जेन्सी’ का कमान्डर विलियम पाइकका अनुसार जमिन अझै पनि अस्थिर रहेकाले उद्धारकर्मीहरूले निकै सावधानीपूर्वक खोजी गरिरहेका छन्।

माउन्ट माउन्गानुई र वरपरको ‘बे अफ प्लेन्टी’ क्षेत्रमा आएको यो प्रकोपका कारण स्थानीय प्रशासनले आपत्कालीन अवस्थाको घोषणा गरेको छ। न्युजिल्यान्डको मौसम विभागले यसअघि नै सो क्षेत्रमा ‘रेड वार्निङ’ जारी गरेको थियो।

नजिकैको पापामोवामा पनि एउटा घरमा पहिरो खस्दा दुई जना बेपत्ता भएका छन्। उत्तरी टापुको पूर्वी तट र नर्थल्यान्डमा भारी वर्षा र बाढीले हजारौँ मानिसहरूलाई विद्युत् सेवाविहीन बनाएको छ भने कतिपय समुदायहरू सम्पर्कविहीन भएका छन्।

प्रधानमन्त्री क्रिस्टोफर लक्समले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन र अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

विज्ञहरूका अनुसार लामो समयको खडेरीले जमिन सुकेको र त्यसपछि भएको भीषण वर्षाले गर्दा जमिनले पानी थेग्न नसकी यो विपत्ति आएको हो। माउन्ट माउन्गानुई न्युजिल्यान्डको लोकप्रिय गर्मी बिदा मनाउने गन्तव्य भएकाले पनि सो समयमा त्यहाँ पर्यटकहरूको ठूलो चाप थियो।

‘द गार्जियन’ को सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?