+
+
WC Series
Nepal Women
0/0
VS
Netherlands Women
44/2 (6.1)
Shares

इजाजत प्राप्त हतियार माघ २० गतेभित्र बुझाउन पर्सा प्रशासनको आग्रह

सफल खतिवडा सफल खतिवडा
२०८२ माघ ८ गते ९:२६

८ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार बुझाउन सबै हतियारधनीलाई आग्रह गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार बुझाउन भनिएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलका अनुसार व्यक्तिगत सुरक्षाका नाममा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सम्पूर्ण हातहतियार तथा खरखजाना माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय पर्सामा अनिवार्य रूपमा बुझाउनुपर्ने छ ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता उच्च रहने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न तथा कुनै पनि अप्रिय घटना हुन नदिन यस्तो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । ‘निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु राज्यको दायित्व हो । त्यसका लागि सबै सरोकारवालाको सहयोग आवश्यक छ,’ उनले भने ।

उनका अनुसार तोकिएको समयभित्र बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएपछि, अर्थात् आगामी चैत २० गतेपछि सम्बन्धित हतियारधनीलाई नै फिर्ता गरिनेछ । हातहतियार बुझाउने र फिर्ता लिने प्रक्रिया प्रचलित कानुन र मापदण्डअनुसार गरिने प्रशासनले स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको आदेश अटेर गरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्रशासनले निर्वाचनलाई भयमुक्त र सुरक्षित बनाउन सबै नागरिक, राजनीतिक दल तथा सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?