Photo Credit : तस्बिर- शुभराज अधिकारी
८ पुस , काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।
रोडाढुंगा उद्योगमा एस्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका-९ बस्ने डोजर अपरेटर ३४ वर्षीय रामबहादुर तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
पहिरोमा परेर घाइते भएका पनौती नगरपालिका-१२ का ३५ वर्षीय ईश्वर गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान समेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4