
२ कात्तिक, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेले तिहार अवधिभर टिपर सञ्चालनमा रोक लगाएको छ ।
आइतबार एक सूचना जारी गर्दै प्रशासनले ३ कात्तिक बिहान ५ बजेदेखि ७ कात्तिक बिहान ७ बजेसम्म जिल्लाभित्र पूर्ण रूफमा टिपर सञ्चालनमा रोक लगाएको जनाएको छ ।
बीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र आम नागरिकको आवागमनलाई सहज बनाउनका यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ ।
यस अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ ।
साथै राती साढे ९ बजेदेखि देउसीभैलो नखेल्न अनुरोध समेत गरेको छ ।
चाडपर्वमा हुन सक्ने होहल्ला एवं झै-झगडा लगायतका क्रियाकलापले शान्ति सुरक्षामा प्रभाव पार्न सक्ने भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया 4