+
+
Shares

रास्वपाको पहिलो महाधिवेशन असार ६, ७ र ८ गते प्रस्ताव

महाधिवेशन चितवनमा गर्ने प्रस्ताव छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ९:३९
सभापति रवि लामिछानेले

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार ६, ७ र ८ गते गर्ने चितवनमा प्रस्ताव पेस गरिएको छ।
  • रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो र भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने थियो।
  • रास्वपा २०७९ सालमा गठन भएको थियो ।

३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार पहिलो साता गर्ने प्रस्ताव पेस भएको छ ।

पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन् । महाधिवेशन चितवनमा गर्ने प्रस्ताव छ ।

यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो ।

रास्वपा २०७९ सालमा गठन भएको थियो ।

आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनसहित विविध विषयमा छलफल गर्ने एजेण्डा रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?