+
+
Shares

संसद्‌मा रास्वपाबारे बादलको टिप्पणी- अराजक जमातहरूको अस्थायी गठजोड

‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ । यो भ्रम र विरोधाभाषको दर्शन हो । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १५:४८

२९ वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपा भ्रम र विरोधाभासको दर्शन रहेको टिप्पणी रहेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले यस्तो बताएका हुन् ।

‘रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ बादलले भने, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको छ ।’

रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति होरहेको उनले बताए । ‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ,’ उनले अगाडि भने, ‘यो भ्रम र विरोधाभाषको दर्शन हो । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?