News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसद मनिष खनालले नेकपा एमाले नेता रामबहादुर थापा बादलको अभिव्यक्तिमा आपत्ति जनाएका छन्।
- बादलले रास्वपालाई 'अराजक जमातहरूको अस्थायी गठजोड' भनेपछि खनालले त्यसलाई अपमानजनक ठानेका छन्।
- खनालले नेपाली सेनाको भूमिकाबारे बादलले बोलेका अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेका छन्।
२९ वैशाख, काठमाडौं । रास्वपाका सांसद मनिष खनालले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बादलले रास्वपालाई ‘अराजक जमातहरूको अस्थायी गठजोड’ जस्ता शब्द प्रयोग गर्दै आलोचना गरेका थिए ।
यस्ता अभिव्यक्तिहरूमाथि रास्वपा सांसद खनालले आपत्ति जनाएका हुन् ।
सार्वभौम जनताबाट निर्वाचित भएर आएकाहरूलाई अराजक भीड भन्नु अपमानजनक रहेको भन्दै उनले नियमापति गरेका हुन् ।
नेपाली सेनाको भूमिकाबारे टिप्पणी लगायत बादलले बोलेका सबै अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4