
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको पाँचखालमा १७ सय ७४ जनाले सेवा लिएको बृहत् स्वास्थ्य परीक्षण पाँचखाल नगरपालिका र निजामती कमचारी अस्पतालले आयोजना गरेको छ।
- स्वास्थ्य परीक्षणमा ४ सय ३३ जना हाडजोर्नी तथा नसा रोग, ३ सय ५९ जनाको आँखा परीक्षण र ३१ जनाको मोतियाविन्दुको निःशुल्क अप्रेसन गरिएको छ।
- विशेषज्ञ टोलीले दुई दिनमा १७ सय ७४ बिरामीको विभिन्न रोगको परीक्षण गरी नि:शुल्क औषधि वितरण गरेको पाँचखाल नगरपालिकाले जनाएको छ।
३१ असोज, काभ्रेपलाञ्चोक। काभ्रेको पाँचखालमा बृहत स्वास्थ्य परीक्षण गरिएको छ । पाँचखाल नगरपालिका र निजामती कमचारी अस्पताल (सिभिल) को आयोजनामा भएको स्वास्थ्य परीक्षणमा १७ सय ७४ जनाले सेवा लिएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए ।
वार्षिक रुपमा नगर र अस्पतालको सहकार्यमा हुने परीक्षणमा सबैभन्दा बढी हाडजोर्नी तथा नसा रोगमा ४ सय ३३ जना बिरामीको स्वास्थ्य परीक्षण भएको थियो।
स्वास्थ्य परीक्षणमा ३ सय ५९ जनाको आँखा परीक्षण भएको थियो। जसमध्ये १ सय ७५ जनालाई निःशुल्क चस्मा वितरण तथा ३१ जनाको निःशुल्क मोतियाविन्दुको अप्रेशन गरिएको छ। परीक्षणको क्रममा ६६ जनामा मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने देखिएकोमा केहिले अप्रेसन गर्न मानेनन भने केहिको स्वास्थ्यको कारण रोकिएको थियो ।
शिविरमा २ सय २४ जना विरामीको नाँक, कान घाँटी, ७० जना बालरोगको परीक्षण, १ सय ३७ जना छाला तथा यौनरोग, १ सय ३३ जनाको पिजियो थेरापी, २ सय ६८ जना स्त्रीरोग, १ सय २० जनाको माइनर शल्यक्रिया, १ सय ५६ जनाको दन्त परीक्षण, ४९ जना मानसिक रोग, ६ सय ४८ जना विरामीलाई मेडिसिन र जेनरल मेडिसिन प्रदान, ३ सय १६ जनाको युएसजी र भिडियो एक्सरे, १ सय ३३ को इसिजी, २ सय ६ जनाको एक्सरे तथा २ सय ८२ विरामीको ल्याब परीक्षण गरिएको नगरप्रमुख खरेलले जानकारी दिए। परीक्षणका क्रममा विरामीहरुलाई पर्याप्त मात्रामा नि:शुल्क औषधि वितरण गरिएको थियो।
दुईदिने स्वास्थ्य परीक्षणमा परिक्षणमा ३५ सय ७४ जना सहभागी भएपनि स्वास्थ्यगत रुपमा १७ सय ७४ जना बिरामीलाई पत्यक्ष सेवा दिएको पाँचखाल नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कोपिला काकीले जानकारी दिइन्।
विशेषज्ञ सहितको स्वास्थ्य परीक्षणमा निजामती कमचारी अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा संजिव शर्मा र डा. अंकित जैसवाल, फिजियोथेरापिष्ट रञ्जिव कोइराला, सर्जरी डा इनेश सिवाकोटी, रेडियोलोजिष्ट डा शरद पन्थी र पज्वल नेपाल, इन्टरनल मेडिसिन डा जेनर कुरुङवाङ, जगमोहन वस्ती, आँखा विशेषज्ञ डा प्रज्ञा बस्नेत, फेमिली मेडिसिन डा रमेश पन्त र डा बन्दना थापा, डेन्टल सर्जन डा सुवास बन्जाडे र राजकुमार पासवान, मानसिक रोग डा अरविन्द भुषाल, बालरोग डा. दीपा ढकाल, नाक, कान र घाँटी डा अपार पोखरेल, प्रसुति तथा स्त्रीरोग डा इशा श्रेष्ठ र डा समृद्धि लामिछाने, फार्मेसीमा केशव न्यौपाने, विनोद पोखरेल, दिनेश पन्त, प्रकाश खत्री, रेडियोग्राफिमा भुपेन्द्र बहादुर नेपाली, प्रयोगशाला (ल्याब) मा विवेक दुङ्गाना, भिमसेन बुढाथोकीले परीक्षण गरेका थिए। त्यस्तै छाला तथा यौनरोगको परीक्षण डा प्रज्वल पुडासैनीले गरेका थिए।
स्वास्थ्य परीक्षण कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, उपप्रमुख सुर्यमाया दनुवार, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटा, स्वास्थ्य शाखाका उज्वल अधिकारी, विष्णु गौतम तथा स्थानीय जनप्रतिनिधिहरुको सहयोग रहेको थियो।
प्रतिक्रिया 4