+
+

मधेस आन्दोलनका घटना छानबिन छिटो सक्न गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते १५:००

Bimalendra-Nidhi

२९ कात्तिक, काठमाडौं । मधेस आन्दोलनमा भएका घटना छानविन गर्न गठित उच्चस्तरीय आयोगलाई छिटो काम गर्न गृहमन्त्री विमलेन्द्र निधिले निर्देशन दिएका छन् ।

छानविन आयोगका संयोजक पूर्वन्यायाधीश गिरीशचन्द्र लाल र सदस्यहरुलाई सोमबार मन्त्रालयमा बोलाएर मन्त्री निधिले छिटो छानविनको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रीका पे्रस सल्लाहाकार रामजी दाहालका अनुसार आयोगको टोलीले अहिलेसम्म भएका गतिविधिबारे मन्त्री निधिलाई बिफि्रङ गरेको थियो । अहिलेसम्म आयोगले घटनाबारे सामान्य छलफल र अध्ययन मात्रै गरेको भए पनि अब घटनास्थलमै पुगेर छानविन गर्ने बताएको पे्रस सल्लाहाकार दाहालले जानकारी दिए ।

दाहालले भने, ‘आयोगले अहिलेसम्मको प्रगति सुनाएको थियो । मन्त्री ज्यूले छानविन गरेर जतिसक्दो छिटो वास्तविकता ल्याउन निर्देशन दिनुभएको छ । अब कामले तिव्रता पाउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?