+
+

एमालेलाई परराष्ट्रमन्त्रीको प्रश्नः टेबुलमा नबोल्ने, सडकमा मात्र कराउने ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते २१:०२

Prakash-saran-mahat

२० मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन प्रस्तावलाई अतिरञ्जित नगर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई चेतावनी दिएका छन् ।

संशोधन प्रस्तावलाई प्रतिपक्षी दल र मधेस केन्दि्रत दलहरुले विरोध गरिरहे संकट आउन सक्ने बताए ।

सरकारले भारतको इशारामा संशोधन प्रस्ताव ल्याएको विपक्षी आरोप छ नि भन्ने प्रश्नमा मन्त्री महतले आक्रोश पोख्दै भने, ‘नेपालको राजनीतिक घट्नाक्रममा सबै देशको चासो र चिन्ता छ, चीनको पनि छ, अमेरिकाको पनि छ, राष्ट्रसंघको पनि छ, भारतले चासो राख्दा अलि बढि नै संशकित हुने किन ?’

एमाले अध्यक्ष केपी ओलीलाई ईंगित गर्दै उनले पहिलो संविधान संशोधन प्रस्ताव कसको इशारामा ल्याएको भन्दैप्रश्न समेत गरे । महतले भने, ‘आफूलाई अवमूल्यन नगरौं ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री डा. महतले भने, ‘नेपालको संविधानलाई भारतले पहिला समर्थन नगर्दा किन गरेन भन्नेहरु पनि थिए, अहिले समर्थन गर्दा किन गर्यो भनेर विरोध गरिरहेका पनि छन् ।’

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उनले यो प्रवृत्तिले मुलुकलाई दीर्घकालिन हित नहुने बताए । महतले भने,’हामीले त कूटनीतिक टेबुलमा कुरा राखेका छौं, तर उहाँहरु त टेबुलमा केही नबोल्ने ? अनि सडकमा बोल्ने (कराउने) ?’

उनले एमालेलाई ईंगित गर्दै थपे, ‘जहाँ कुरा गर्नुपर्ने हो त्यहाँ केही नबोल्ने अनि यहाँ चर्को कुरा गर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?