+

कोष्टाको गोलमा चेल्सी विजयी, फेरि शीर्ष स्थानमा उक्लियो

२०७३ मंसिर  २६ गते १९:४५ २०७३ मंसिर २६ गते १९:४५
कोष्टाको गोलमा चेल्सी विजयी, फेरि शीर्ष स्थानमा उक्लियो

diego-costa

२६ मंसिर, काठमाडौं । डिएगो कोष्टाको गोलको मदतमा चेल्सीले वेष्टब्रोममाथि जित हात पारेको छ । र, फेरि प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा चेल्सीले वेष्टब्रोमलाई १-० गोल अन्तरले हराएको हो । स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीको जितमा फेरि एक पटक कोष्टाले निणर्ायक गोल गरे ।

एक घन्टाभन्दा बढी समय वेष्टब्रोमले उपाधिको प्रमुख दावेदार चेल्सीलाई गोल गर्ने कुनै मौका दिएको थिएन । र, एक अंक खोस्ने सम्भावना देखिएको थियो । तर, ७६ औं मिनेटमा म्याकल्नीको गल्तीको फाइदा उठाउँदै कोष्टाले गोल गरे ।

जितसँगै चेल्सी १५ खेलबाट ३७ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ३४ अंक छ । वेष्टब्रोम २० अंकसहित आठौं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय