+
+

चिकित्सकको आचारसंहिता माथि छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १५ गते १७:३३

१५ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुलाई अझै उत्तरदायी बनाउन शुक्रबारदेखि परिमार्जित आचार संहितामाथि छलफल सुरु गरेको छ ।

Nepal-Medical-Councilडा. सतिस कुमार देव, डा. सन्ध्या चापागाई, डा. गोपाल चौधरी, डा. रमेश पराजुली र सल्लाहकार डा. लौरा हृयारीलक रहेको कमिटीले तयार पारेको परिमार्जित आचारसंहितामाथि छलफल गरिएको हो ।

चिकित्सक पेशालाई मर्यादित, व्यवस्थित तथा जनउत्तरदायी बनाउन काउन्सिलले आचार संहितामाथि छलफल सुरु गरेको काउन्सिलका अध्यक्ष प्राध्यापक डा. धर्मकान्त बास्कोटाले बताए । उनले आचारसंहिता परिमार्जनका लागि सबै क्षेत्रको विज्ञहरुसित परामर्श लिने काम भइरहको स्पष्ट पारे ।

काउन्सिलले चिकित्सक पेशालाई मर्यादित र जनउत्तरदायी बनाउने गरी स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका विज्ञहरुसँग छलफल गर्दै आएको छ ।

छलफलका क्रममा उपभोक्ताका आवाजलाई समेत ध्यानमा राखेर चिकित्सकहरुको आचार संहिता परिमार्जन गरिने काउन्सिलले जनाएको छ ।

मेडिकल काउन्सिल चिकित्सकहरुलाई नियमन गर्ने आधिकारिक निकाय हो । यसले चिकित्सकहरुको आचारसंहिता समेत बनाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?