+
+

गैंडा अध्ययनका लागि आएको चिनियाँ टोली चितवनमा

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ पुष २१ गते १२:४३

chinese-team-in-chitwan

२१ पुस, चितवन । विश्वमै दुर्लभ एकसिंगे गैंडाबारे अध्ययन र अवलोकन गर्न बुधबार काठमाडौं आएको चिनियाँ उपमन्त्रीसहितको ५ सदस्यीय टोली चितवन पुगेको छ ।

चीनका स्टेट फरेष्ट्री एडमिनिस्ट्रेसनका उपमन्त्री चेन फुंगेसुइसहित स्टेट फरेष्टीका डाइरेक्ट, उपडाइरेक्टरलगायतलाई लिएर राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराई र वन मन्त्रालयका उपसचिव धनञ्जय लामिछाने चितवनमा आएका हुन् । उनीहरुले आजै निकुञ्जको अवलोकन गरेका छन् ।

निकुञ्जको अवलोकनपछि चिनियाँ उपमन्त्री चेन फुंगेसुइले संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले पाएको सफलतालाई विश्वले अनुकरण गर्नुपर्ने बताए ।

निकुञ्ज घुम्न तथा चीन लैजाने भनिएको जोडी गैंडाको बारेमा बुझ्न आएका उपमन्त्री चेनले निकुञ्जको बाघ गैंडा संरक्षणसँगै शुन्य चोरी-शिकार बर्ष मनाउन सक्नु नै फरक अनुभव भएको बताए ।

उपमन्त्री सुईले अफ्रिकामा दैनिक जसो दुर्लभ गैंडा मारिएको अवस्थामा नेपालमा भने स्थानीय उपभोक्ता, निकुञ्ज र सेनाको पहलमा भएको संरक्षणबाट प्राप्त उपलब्धीको प्रशंसा पनि गरे ।

chinese-toli

उनले चीनमा गैंडा लोप भएपछि फेरि त्यहाँ एक सिङ्गे गैंडा लगेर संरक्षण गर्ने र गैंडा बढेपनि नेपालको उपहार नेपाललाई फिर्ता गर्ने बताए ।

बुधबार साँझ चितवनमा आएका मन्त्रीले पर्यटकीय नगरी सौराहाबाट हात्ती सफारी, डुँगा सफारी पछि निकुञ्जको मुख्यालयमा पुगेर निकुञ्जका उपलब्धीबारे प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल र निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजगं गणका गणपति माधव थापासँग जानकारी लिएका थिए ।

गएको असारको तेश्रो साता केपी ओली नेतृत्व सरकारले चीनलाई एक जोडी गैंडा उपहार दिने घोषणा गरेको थियो । गैंडाको वासस्थान, आहार, बिचरण र आनीवानीबारे बुझ्न चिनियाँ टोली नेपाल आएको हो ।

नेपालमा हाल ६ सय ४५ वटा गैंडा रहेकोमा चितवनमा मात्रै ६ सयबढी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?