Comments Add Comment

जुन देशमा मान्छेको हत्या गर्न छुट छ, उल्टै सरकारले दिन्छ पुरस्कार

manxe-marne-xutमानिसको हत्या गर्नु ठूलो अपराध हो, जसको गम्भीर सजायँ भोग्नुपर्छ । कानुनले मानव हत्यालाई सख्त रुपमा बन्देज गरेको हुन्छ र सरकारले हत्यारलाई खोजीखोजी पक्रिएर जेलमा हाल्दछ । जन्मकैदसम्मको सजायँ छ, हामीकहाँ । तर यो दुनियाँमा यस्तो देश पनि छ, जहाँ सरकारले नै मानिसको हत्या गर्ने छुट दिन्छ र हत्यारालाई सजायँ दिनुको साटो उल्टै पुरस्कार दिन्छ ।

 

हो, हत्यारालाई दण्डको साटो पुरस्कार दिने व्यवस्था एसियाली मुलुक फिलिपिन्समा रहेको छ । फिलिपिन्सका राष्ट्रपति रोडि्रगो डुट्रेटले लागूऔषध कारोबारीको हत्या गर्नका लागि पुलिस तथा आमजनतालाई पूर्ण रुपमा छुट दिएका छन् ।

लागूऔषध कारोबारीको हत्या गर्नेलाई एक सय डलर पुरस्कार दिइन्छ । लागूऔषध अपराधीलाई मार्न सरकारले उक्साएसँगै यसको नतिजा पनि निस्किरहेको छ । गत जुलाई यतामात्रै ६ हजार भन्दा धेरै संदिग्ध लागूऔषध कारोबारीहरुको हत्या भइसकेको छ । त्यस्तै जनता र पुलिसबाट मारिने डरले ७० हजार भन्दा धेरै लागूऔषध अपराधीले आत्मसमर्पण गरिसकेका छन् । यसपछि पनि कत्लेआमको सिलसिला जारी छ ।

डेलीन्यूजका अनुसार संयुक्त राष्ट्रसंघले यसलाई मानव अधिकार हननको मामिला भन्दै आलोचना गरेको छ । तर राष्ट्रपति रोडि्रगोले भने राष्ट्रसंघको यस्तो आरोपले आफूलाई कुनै फरक नपार्ने बताएका छन् ।

स्मरण रहोस्, राष्ट्रपति रोडि्रगोले हालै भ्रष्टाचारीलाई हेलिकप्टरबाट खसालेर मार्ने अभिव्यक्ति दिएपछि चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment