Comments Add Comment

विवेक ओवरायले उडाए सलमानलाई, ‘म आज पनि यहीं छु’

बलिउडमा सलमान खानको सबैभन्दा पानी बाराबारको सत्रु होला ?

शाहरुख खान होइन । रणवीर सिंह पनि होइन । अर्जुन कपुर होइन । उनको सत्रु हो, विवेक ओवराय । त्यसो त अहिले विवेक त्यती लाइमलाइटमा छैनन् । कुनैबेला भने उनी चर्चा र विवादको शिखरमा थिए ।

यो प्रसंग त्यहीबेलाको हो, जतिबेला अभिनेत्री ऐश्वर्य राय र अभिनेता सलमान खानको सम्बन्ध दुई चिरा पर्‍यो । बलिउडको यो सर्वाधिक आकर्षक जोडी एकाएक छुटिएपछि त्यसबाट लाभ लिन अरु सलबलाउन थाले । यसरी सलबलाउनमध्येका थिए, विवेक ।

के भनियो भने, ऐश्वर्यले सलमानलाई छाडेर विवेकलाई अंगाल्न पुगिन् । अर्थात ऐश्वर्य र विवेकबीच प्रेम बस्यो । हुनपनि उनीहरु एकसाथ देखिन थाले । उनीहरुको निकटता साथीको भन्दा एक कदम अघि देखियो ।

विवेकले त आफुहरुको प्रेम सम्बन्ध रहेको कुरा खुलमखुला गरे । यता ऐश्वर्यले भने उनको भनाईलाई कहिल्यै समर्थन गरिनन् । विवेकले कतिसम्म गरे भने, पत्रकार सम्मेलन गरेर आफुहरुको सम्बन्ध रहेपछि सलमानले धम्की दिएको कुरा खुलाए ।

यो सन् २००४ को कुरा हो । सलमानकै कारण फिल्म निर्देशकहरु पनि आफुबाट टाढा भएको उनको भनाई थियो । त्यसबेला विवेक बलिउडमा भर्खर चम्कदै थिए । जसै सलमानसँग उनको लफडा भयो, उनी क्रमस ओझेल पर्दै गए । न उनी फिल्ममा देखिए, न अरु कुनै गतिविधिमा नै सक्रिय रहे ।

यतिबेला भने विवेक तंगि्रएका छन् । उनी अभिनित फिल्म ‘पीएम नरेन्द्र मोदी’ प्रदर्शनको संघारमा छ । यतिबेला सोही फिल्मको प्रचार प्रचार चलिरहेको छ । यसैबीच विवेकले हलै टाइम्स अफ इन्डियासँग कुरा गर्दै आफुले जीवनमा अनेकौ हन्डर खाँदै आज पनि फिल्म उद्योगमा टिकिरहेको बताएका छन् ।

विवेकले पुराना घटना केलाउँदै भने, ‘म त्यही व्यक्ति हो, जसको व्यवसायिक जीवन २००४ बाट प्रभावित भयो । यसको बाबजुत पनि म आज इन्डष्ट्रीमा छु ।’

आफुले भारतको ६ अलग भषाको फिल्ममा काम गरेको, २० भन्दा बढी अवार्ड जितेको पनि विवकेले बताएका छन् । ‘यी सबैको कारण आज मलाई राम्रो काम मिलिरहेको छ’ विवेकले भनेका छन्, ‘ विवेकले भनेका छन्, ‘हामी सबैलाई थाहा छ कि बलिउडमा कस्तो प्रतिस्पर्धा चल्छ तर आज पनि म यहाँ शान्तिले आफ्नो काम गरिरहेको छु । साथसाथै म आफ्नो परिवारका साथ काम गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment