+
+
Shares

मुम्बईमा ‘रामायणम’ इभेन्टमा रणवीर कपुरसँगै देखिए मिस्टर बिस्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बईमा ‘रामायणम’ प्रचार कार्यक्रममा रणवीर कपुरले अमेरिकी युट्युबर मिस्टर बिस्टलाई ‘जय श्रीराम’ भन्न सिकाएका भिडियो सार्वजनिक भएको छ।
  • मिस्टर बिस्टले रणवीर, साई पल्लवी र रवि दुबेसँग तस्बिर खिचेर कार्यक्रमका सहभागीलाई ‘जय श्रीराम’ भन्दै अभिवादन गरेका थिए।
  • नितेश तिवारी निर्देशित दुई भागको ‘रामायणम’ यसै वर्ष नोभेम्बरमा पहिलो भाग र आगामी वर्ष दीपावलीअघि दोस्रो भाग प्रदर्शन गर्ने तयारी छ।

मुम्बई (एजेन्सी) । बलिउड अभिनेता रणवीर कपुरले चर्चित अमेरिकी युट्युबर मिस्टर बिस्टलाई ‘जय श्रीराम’ भन्न सिकाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित फिल्म ‘रामायणम’ को प्रचारका लागि मुम्बईमा आयोजित कार्यक्रममा उनीहरूबीच यो रोचक संवाद भएको हो ।

शनिबार फिल्मका निर्माताले सीमित सञ्चारमाध्यमका प्रतिनिधिका लागि विशेष कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा विश्वमै सर्वाधिक सब्सक्राइबर भएका व्यक्तिगत युट्युबर मिस्टर बिस्ट पनि सहभागी भए ।

कार्यक्रममा मिस्टर बिस्टले रणवीर कपुर, साई पल्लवी र रवि दुबेसँग तस्बिर खिचाएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा रणवीरले मिस्टर बिस्टलाई ‘जय श्रीराम’ भन्न आग्रह गरेको देखिन्छ ।

रणवीरको आग्रहपछि मिस्टर बिस्टले ‘जय श्रीराम’ भन्दै कार्यक्रममा उपस्थित सबैलाई अभिवादन गरे । उनको अभिवादनपछि उपस्थित व्यक्तिले ताली बजाएका थिए । रणवीरले उनलाई उक्त अभिव्यक्तिको अर्थसमेत बुझाए । त्यसपछि दुवैबीच कुराकानी भएको थियो ।

दुई भागमा बन्दै ‘रामायणम’

नितेश तिवारीको निर्देशनमा निर्माण भइरहेको ‘रामायणम’ महर्षि बाल्मिकीको महाकाव्य रामायणमा आधारित दुई भागको फिल्म हो । यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो भारतीय फिल्मको रूपमा चर्चा गरिएको छ ।

फिल्ममा रणवीर कपुर भगवान राम, दक्षिण भारतीय अभिनेता यश रावण र साई पल्लवी सीताको भूमिकामा छन् । रवि दुबे, सनी देओल, अरुण गोविल, लारा दत्ता, रकुल प्रीत सिंह, विवेक ओबेरोय र कुणाल कपुरलगायतको पनि अभिनय छ

फिल्मको पहिलो भाग यसै वर्ष नोभेम्बरमा प्रदर्शन गर्ने तयारी छ भने दोस्रो भाग आगामी वर्ष दीपावलीअघि प्रदर्शन गर्ने योजना छ ।

निर्माण पक्षले हालै फिल्मको पहिलो गीत ‘जय जय राम’ सार्वजनिक गरेको छ । गणेश चतुर्थीको अवसर पारेर गीतसँगै नयाँ मोसन पोस्टर पनि सार्वजनिक गरिएको थियो । पोस्टरमा रणवीर कपुर भगवान राम र साई पल्लवी सीताको भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?