+
+
Shares

नेपाललाई सघाउन विश्वब्यापी रकम संकलनमा जुटे मिस्टर बिस्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस्टर बिस्टले भोटेकोशी बाढी प्रभावितका लागि लाखौं डलरको राहत रकम संकलन अभियान सुरू गरेका छन् ।
  • उनले इन्स्टाग्राम स्टोरीमार्फत विश्वभरका मानिसलाई अभियानमा जोडिन आग्रह गर्दै संकलित रकम सीधै प्रभावितसम्म पुग्ने बताएका छन् ।
  • उनको नेपालमा भिडियो छायांकन गर्ने योजना बाढीका कारण स्थगित भएपछि परोपकारी संस्था बिस्ट फिलान्थ्रोपीले राहत संकलनमा सहभागिता जनाएको छ ।

काठमाडौं । विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट)ले नेपालको भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन अभियान थालेका छन् ।

अमेरिकी युट्युबर, उद्यमी तथा परोपकारी डोनाल्डसनले इन्स्टाग्राम स्टोरीमार्फत नेपालका विपद् प्रभावितका लागि आफूहरूले लाखौं डलरको राहत रकम संकलन गरिरहेको जनाउँदै अभियानमा सहयोग गर्न विश्वभरका मानिसलाई आग्रह गरेका छन् ।

‘यतिबेला नेपालका विपद् प्रभावितलाई सहयोगको खाँचो छ । हामीले लाखौं डलरको राहत रकम संकलन अभियान थालेका छौं,’ उनले भिडियोमा भनेका छन्, ‘यो अभियानमा तपाईं विश्वको जुनसुकै ठाउँबाट जोडिन सक्नुहुन्छ । संकलित रकम सीधै विपद् प्रभावितसम्म पुग्नेछ ।’

उनले नेपालका प्रभावितको आवाज उठाउन आफूले पहल गरिरहेको पनि बताएका छन् । केही साताअघि नेपालमा एउटा भिडियो छायांकन गर्ने योजना रहे पनि भोटेकोशी बाढीका कारण तत्कालका लागि उक्त योजना स्थगित गरिएको मिस्टर बिस्टले जनाएका छन् ।

भिडियो छायांकनको योजना स्थगित भएपछि उनी राहत संकलन अभियानमा जुटेका हुन् । उनको परोपकारी संस्था ‘बिस्ट फिलान्थ्रोपी’ सामाजिक परियोजना ‘केयर प्याकेज’ अन्तर्गत यो अभियानमा सहभागी भएको छ ।

बिस्टले सेयर गरेको लिंकमार्फत प्रभावितका लागि अत्यावश्यक राहत सामग्री जुटाइने उल्लेख छ । सूचीमा अस्थायी आवास, सौर्य ऊर्जा, खाना पकाउने ग्यास तथा सामग्री, पिउने पानी, साबुन र महिनावारीका बेला आवश्यक पर्ने सामग्री समावेश छन् ।

उनले आर्थिक सहयोग गर्न सकिने डोनेसन लिंकसमेत सेयर गरेका छन् ।

डोनाल्डसनको ‘मिस्टर बिस्ट’ विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल हो । च्यानलमा ५१७ मिलियनभन्दा बढी सब्सक्राइबर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?