Comments Add Comment

लण्डन कविता कन्सर्ट गरेर सिन्धुपाल्चोकमा पुस्तकालय स्थापना

२८ चैत,लण्डन । गत महिना लण्डनमा आयोजित कविता कन्सर्टमा संकलित रकमबाट सिन्धुपाल्चोकको एक विद्यालयमा स्थापना गर्न लागिएको पुस्तकालय भवन निर्माण सुरु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका ६ टेकानपुरको कालिका माविमा निर्माण हुने अत्याधुनिक विद्युतीय पुस्तकालयको २ कोठे भवन शिलन्यास गरिएको छ ।

जान्वी फाउण्डेसनकी अध्यक्ष समेत रहेकी नायिका जान्वी बोहराले पुस्तकालय भवनको शिलन्यास गरेकी हुन् । क्षेत्री समाज यूकेको आयोजनामा लोकपि्रय युवाकवि नवराज पराजुलीको सहभागितामा गत मार्च १७ मा लण्डनमा सम्पन्न कविता कन्सर्ट २ बाट संकलित रकमबाट यो पुस्ताकालय बन्न लागेको हो ।

नायिका जान्वीको नेतृत्वमा रहेको फाउण्डेसनको आर्थिक तथा ब्यबस्थापकीय सहकार्यमा पुस्तकालय बन्नेछ । लण्डन कविता कन्सर्ट २ को संयोजन गरेका एनआरएन अभियन्ता रामशरण सिम्खडाले पुस्तकालय निर्माणको काम केहि महिनाभित्रमै पूरा गर्ने गरी सुरु भएको जानकारी दिए ।

कन्सर्टबाट संकलित १७ लाख रुपैयाँमध्ये पहिलो किस्ता नेपाल पठाइसकिएको र बाँकी रकम काम अघि बढेपछि पठाइने सिम्खडाले जनाए । नायिका बोहराकै संयोजनमा कलाकार दीपक क्षेत्रीको उपचारको लागू समेत क्षेत्री समाज बेलायतले ४ लाख रूपैयाँ सहयोग गरेको थियो ।

पुस्तकालय निर्माणको लागि महत्वपूर्ण सहयोग गर्ने लण्डन कविता कन्सर्टका संयोजक रामशरण सिम्खडा, क्षेत्री समाज यूके र समाजका अध्यक्ष राजन क्षेत्री र महासचिव कुमार केसीप्रति जान्वीले आभार प्रकट गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment