Comments Add Comment

अष्ट्रेलियामा आम चुनावको मिति घोषणा

२८ चैत, काठमाडौं । अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा भएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे १८ का लागि आमनिर्वाचन घोषणा गरेका हुन् ।

मोरिसनले बिहीबार निर्वाचन मिति घोषणा गर्दै मे १८ मा अस्ट्रेलियनहरूले मतदान गर्ने बताएका छन् ।

अस्ट्रेलियामा हाल कन्जरभेटिभ पार्टीको सरकार छ । सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनले नेतृत्व गरेको लेबर पार्टीबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुने ठानिएको छ ।

आमनिर्वाचनमार्फत जनताले दुई कार्यकालदेखि सत्तारुढ कन्जरभेटिभ पार्टीलाई पुनः निरन्तरता दिन्छन् या त्यसलाई बिल नेतृत्वको दलले विस्थापित गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

अस्ट्रेलियाको प्रतिनिधिसभामा १५१ र सिनेट (माथिल्लो सभा)मा ७६ सिट छन् । प्रतिनिधिसभाका सम्पूर्ण स्थानमा प्रत्यक्ष निर्वाचन हुनेछ । तर, सिनेटको निर्वाचन प्रक्रिया केही फरक छ । कूल ७६ मध्ये आधा स्थानका जनप्रतिनिधि मात्रै प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन् ।

आमनिर्वाचनको प्रमुख मुद्दा जलवायु परिवर्तन र आर्थिक व्यवस्था हुने अनुमान गरिएको छ ।

अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले निर्वाचन घोषणा कार्यक्रममा बोल्दै निर्वाचनले आउँदो दशकको अर्थतन्त्रबारे निर्धारण गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment