Comments Add Comment

सरकारी डाक्टरको आन्दोलन दुई दिनमा टुंगिन्छ : मन्त्री बास्कोटा

२८ चैत, काठमाडौं । सरकारले आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन आग्रह गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले जायज माग पूरा गर्ने भन्दै एक दुई दिनमा समस्या समाधान हुने दावी गरे ।

‘उहाँहरुलाई हामी फेरि पनि अनुरोध गर्दछौं, काममा फर्किनुस् । जायज समस्या समाधान गर्न सरकार तयार छ’,उनले भने, ‘उहाँहरु सहमतिको निकट हुनुहुन्छ । यो विषय एक दुई दिन चल्छ त्यसपछि टुङ्गिन्छ ।’

खटाएको ठाउँमा गएर सेवा गर्न आन्दोलनरत चिकित्सकहरुलाई मन्त्री बास्कोटाले सुझाव दिए । ‘हामी विशेष हौं खटाएको ठाउँमा जादैनौं, किनभने हमीले सेतो कोट लगाएका छौं, त्यसैले हामी जहाँ बस्छौं जनता त्यहीँ आउनुपर्छ भन्ने मान्यता हुन सक्दैन’ मन्त्री बास्कोटाले भने । समायोजनका क्रममा केही नमिलेको भए त्यसलाई सच्याउने सरकारको दायित्व भएको उनले बताए । ‘तर, यसलाई अर्को अर्थमा लान खोज्नुहन्छ भने सरकारले आफ्नै बाटो समात्छ’ मन्त्री बास्कोटाले चेतावनी दिए ।

उनले अगाडि भने ‘औषधी उपचार जस्तो क्षेत्रमा हड्ताल गरेर डाक्टरको मर्यादा कायम रहन्छ कि रहँदैन ? ख्याल गर्नुपर्छ ।’
ठूलो संख्यामा समायोजन हुँदा केही प्रावधिक रुपमा समस्या भएको, वित्ति विकासमा वा ब्यबहारिक रुपमा कठिनाई परेको भए समाधान गर्न सरकार तयार रहेको पनि उनले बताए ।

कर्मचारी समायोजनका क्रममा केन्द्र सरकार मातहत मात्र राखिनुपर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment