Comments Add Comment

बँदेलको आक्रमणबाट महोत्तरीमा ९ जना घाइते

२८ चैत, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छन् ।

गम्भीर घाइते हुनेहरुमा बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ३० वर्षीय घुरनीदेवी महतो, कालाबत्ति देवी महतो, १९ वर्षीय सुवास आले र श्रवण महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

गम्भीर घाइते घुरनीदेवी महतोलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा थप उपचारका लागि धरान रेफर गरेको घाइतेका आफन्तले जानकारी दिएका छन् । सामान्य घाइतेहरुको भने बर्दिवासस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पशुपतिनगरमा खेतीबालीमा नोक्सान पुर्‍याएपछि धपाउने क्रममा उनीहरुललाई बँदेलले आक्रमण गरेको स्थानीय अमृतकुमार महतोले जानकारी दिए । केही व्यक्तिलाई भने बँदेलले घरमै आक्रमणमा परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ ।

बँदेलले आक्रमण गर्न थालेपछि पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेसले कुनै सहयोग नगरेको भन्दै आक्रोशित स्थानीयहरुले बेसमा ढुङ्गामुढासमेत गरेका छन् ।

ढुङ्गा लागेर सहायक हवल्दार अनिल झा घाइते भएका प्रहरीले जनाएको छ । जंगली बदेलको कारण बर्षेनी यस क्षेत्रका किसानले बालीनालीमा ठूलो नोक्शानी हुने गरेको छ ।

घाइतेहरुको उपचारको लागि पहल गर्ने र बदेल नियन्त्रणको लागि समेत बिशेष उपाय अबलम्बन गर्ने बर्दिबास नगरपालकाका मेयर बिदुरकुमार कार्कीले बताए । जंगलमा लागेको डढेलो र आहाराको खोजीमा जंगली जनावर बदेल, निलगाई, हरिणहरु बस्ती पस्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment