+
+

लाए-अह्राएको गर्नेसँग हाम्रो टक्कर होइनः चित्रबहादुर

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १६:१०

chitra-bahadur-kc

२२ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुको टक्कर लगाए-अह्राएको गर्नेहरुसँग नभई भारतीय शासकहरुसँग भएको बताएका छन् ।

संविधान संशोधन विधेयकको विरोधमा ९ दलले शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेको सभामा अधिकांश नेताले छिमेकी मुलुक भारतको आलोचना गरे ।

सभालाई सम्बोधन गर्दै जनमोर्चा अध्यक्ष केसीले आफूहरुले भियतनामको राष्ट्रिय युद्ध पढेको भन्दै नेपाली जनता भुटान-सिक्कीम व्यहोर्न तयार नरहेको बताए ।

नेपालको राज्यपुनर्संरचना भारतीय शासकलाई काम लाग्ने गरी गर्नुपर्ने माग पूरा नहुने भन्दै उनले अघि भने, ‘लाए-अह्राएको सँग के टक्कर लिनुहुन्छ र । भारतीय जनतासँग कुनै टक्कर होइन ।’

कुर्सी देखाएर नेपालको राष्ट्रियतामाथि सौदाबाजी गर्नेहरुलाई चेतावनी दिँदै केसीले भने, ‘जनताको उपस्थिति हेरे हुन्छ, ग्राण्ड डिजाइनलाई नेपाली जनताले सफल हुन दिन्नन् ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले पहाड विनाको प्रदेश नम्बर २ बनाएकोमा पछुतो रहेको बताए ।

यो पनि पढ्नुहोस् 

विपक्षी ९ दलको सभामा शिवलालको फरक मत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?