२९ पुस, चितवन । थारु संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत गौचरनमा हिजोदेखि चौथो खिचरा महोत्सव सुरुभएको छ । महोत्सव माघ ५ गतेसम्म चल्नेछ ।
बिहीबार अयोजित समारोहमा चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले महोत्सवको उदघाटन गरे । उनले थारु समुदायको कला संस्कृतिसँगै खानपानलाई अन्तर्राष्ट्रियकरण गरेर विश्वलाई चिनाउन सकिने समेत बताए ।
महोत्सवमा १ सय २० वटा व्यवसायिक स्टलहरु राखिएका छन् । कृषि प्रदर्शनी, थारु मिनी संग्राहालय लगायत थारुहरुको परम्परागत खानाको परिकारहरुको स्टलहरुसमेत महोत्सवमा राखिएका छ ।
महोत्सव अवधिभर करिव २५ लाख बराबरको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ भने महोत्सव करिव ३० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवको उदघाटनपूर्व पर्साका बिभिन्न स्थानबाट थारु संस्कृति झल्कने झँकीले बजार परिक्रमा गरेको थियो ।
प्रतिक्रिया 4