६ माघ, काठमाडौं । आम आदमी पार्टीका नेताविरुद्ध सीबीआईले छानविन सुरु गरे लगत्तै अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि धावा बोलेका छन् ।
दिल्लीका मुख्यमन्त्री केजरीवालले मोदीलाई घुस्याहाको आरोप त लगाएका छन् नै, उनी पागल भएको दाबी समेत गरेका छन् ।
सीबीआईले आपका नेता एवं दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियामाथि प्रारम्भीक छानविन थालेको छ । उनीमाथि मुख्यमन्त्री केजरीवालको सोशल क्याम्पेनिङ ‘टक टु एके’मा नियम उल्लंघन र अनियमितताको आरोप छ ।
आमआदमी पार्टी सरकारका अर्का मन्त्री सत्येन्द्र जैनकी छोरी सौम्या जैनलाई दिल्ली सरकारको मोहल्ला क्लिनिक प्रोजेक्टको सल्लाहकार नियुक्त गरेकोमा पनि सीबीआईले छानविन थालेको छ ।
आफ्ना नेताहरुमाथि छानविन थालेपछि आक्रोसित बनेका केजरीवालले मोदीविरुद्ध लगातार ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘वाह रे मोदीजी । घुस खाने आफू, मुद्दा हामीमाथि । चोरी अनि, सिनाजोरी ।’
उनले गोवा र पञ्जाबमा हार्ने भएपछि सीबीआईको गेम सुरु गरेको आरोप पनि मोदीमाथि लगाएका छन् ।
उनले अर्को ट्वीटमा लेखेका छन्, ‘यस्तो लाग्छ कि मोदीजी बिल्कुल पागल भएका छन् । देशको प्रधानमन्त्री एक मात्र काम गरिरहेका छन् । हात धोएर पछि लागेका छन् ।’
ऐसा लगता है मोदी जी बिलकुल पगला गए हैं। देश के PM को बस एक यही काम रह गया है। हाथ धोकर पीछे पड़ गए हैं। https://t.co/FOy9sGr3R2
— Arvind Kejriwal (@ArvindKejriwal) January 18, 2017
प्रतिक्रिया 4