विश्वका विभिन्न ५० भन्दा बढी देशमा लोकप्रिय बनेको आइडल श्रृङ्खला अब नेपालमा पनि सुरु हुने भएको छ । भारतमा यतिबेला गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘इन्डियन आइडल’ चलिरहेको छ ।
आइडलको मापदण्डलाई पुरा गर्दै चाडै नै नियमित प्रशारण आरम्भ गर्न लागेको ‘ए.पी १’ टेलिभिजनले यसको सम्पूर्ण अधिकार लिएको छ । अहिलेलाई ३ बर्षका लागि यसको अधिकार लिइएको ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । केहि दिनमै नेपाल अाइडलकाे अडिसन सुरू हुनेछ ।
अन्तरराष्ट्रिय फ्रेन्चाइज प्राप्त यो कार्यक्रममा नेपाल भित्र र नेपाल बाहिरका नेपाली नागरिकता भएका १६ देखि ३० बर्ष भित्रका नेपालीले सहभागीता जनाउन पाउनेछन् ।
यसको अडिसन नेपालगञ्ज, बुटवल, नारायणगढ, विरगंज, विराटनगर, पोखरा र काठमाण्डौमा हुनेछ । अडिसनका लागि तोकिएको स्थानभित्र बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म उपस्थित हुनुपर्ने आयोजकले बताएको छ ।
सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यवसायिक गायक र गायिकाले समेत यसमा भाग लिने पाउनेछन् । यो शोको विजेताले महिन्द्रा केयुभी वान ओ ओ, २० लाख नगद पुरस्कार र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बमको करार पनि प्राप्त गर्नेछन् ।
बढीमा ३२ भागसम्म यो शो प्रशारण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रतियोगीताको निणर्ायकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । उनीहरुले सहि प्रतिभालाई चयन गर्ने बताएका छन् ।
प्रतिक्रिया 4