Comments Add Comment

‘ब्लाइन्ड रक्स’मा बैंकर अनिल शाह पनि, दृष्टिबिहिन श्रृष्टीको जीवनीमा बन्दैछ फिल्म


निर्देशक तथा निर्माता मिलन चाम्सले आफ्नो नयाँ प्रोजेक्ट ‘ब्लाइन्ड रक्स’मा बैंकर अनिल केशरी शाहलाई पनि अनुवन्धित गरेका छन् । दृष्टिबिहिन श्रृष्टी केसीमाथि बन्न लागेको यो फिल्ममा अभिनेत्री वेनिशा हमाल मुख्य भूमिकामा छिन् । यो फिल्ममा अनिल महत्वपूर्ण भूमिकामा रहेको मिलनले जानकारी दिएका छन् ।

उनले शाहको भूमिका हिरो सरह भएको समेत खुलाए । फिल्ममा गौरी मल्ल, अर्पण थापा, शिशिर राणा पनि देखिनेछन् । निकेश लिम्बुको निर्माण बन्न लागेको यो फिल्मको छायांकन चाडै नै सुरु हुँदैछ । फिल्मको पोखरामा वर्कशप सकेर यसको निर्माणपक्ष काठमाण्डौ आइसकेको छ । हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत रहेको चलचित्रलाई नवराजकृष्ण थापाले छायांकन गर्दैछन् ।

वैंकर अनिल शाह नेपाली फिल्मसँग नजिक मानिन्छन् । फिल्मका प्रिमियर र विभिन्न कार्यक्रममा उनी पुग्ने गरेका छन् । श्रृष्टीको बायोपिकमा फिल्म बनाउन अनिलले मिलनलाई सहयोग पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment