Comments Add Comment

प्रहरीले नियन्त्रणमा लियो विप्लव समूहको कब्जामा रहेको रातो घर

४ चैत, बुटवल । नेकपा विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवलको पाल्पारोडस्थित ‘रातो घर’ भनेर चिनिएको राष्ट्रिय वाणिज्य बैंकको भवन लामो समयदेखि विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएको थियो ।

विप्लव समूहमाथि प्रतिबन्ध लगाएको एक सातापछि प्रहरीले रातो घर आफ्नो नियन्त्रणमा लिएको हो । सोमबार राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी लिएर रातो घर पुगेको प्रहरी टोलीले ताल्चा फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाएको छ ।

भवनमा वाणिज्य बैंकले ताला लगाएको छ ।

कार्यालयमा कुर्सी, टेबल लगातयका फर्निचर वाहेक कुनै महत्वपूर्ण कागजात फेला नपरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरक्षिक डिलबहादुर मल्लले बताए ।

भवनमा केही समययता पार्टीका मान्छेहरु बस्न छाडिसकेका मल्लले बताए । अब प्रहरीले उक्त घरलाई नियमिमत निगरानीमा राख्नेछ । ‘प्रहरी नै तैनाथ गर्ने कुरा त अहिले छैन तर, अब हाम्रो नियमित निगरानीमा हुन्छ’-अनलाइनखबरसँग मल्ले भने ।

यसैबीच विप्लव समूहका रुपन्देही जिल्ला इन्चार्ज शरद ओली र सेक्रेटरी अमर आरसीले संयुक्त विज्ञप्ति जारी गर्दै घर खाली नगर्ने बताएका छन् ।

विज्ञप्तिमा वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको समेत विज्ञप्तीमार्फत जानकारी दिइएको छ । फेरि हस्तक्षेप गरेमा पार्टीले कठोर निर्णय लिन बाध्य हुने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment