Comments Add Comment

सुरजको ‘नाचन नाचन’ सार्वजनिक

विगत २५ वर्षेदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर लागि रहेका गायक सुरज कुमारले नाचन नाचन’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष बस्न्यातको प्रस्तुति तथा शब्द र संगीत रहेको गीतमा गायन तथा संगीत संयोजन सुरज कुमार थापा स्वयंमको छ ।

यो गीतको म्यूजिक भिडियोको निर्देशन अमृत शाही ठकुरीले गरेका छन् भने कलाकारहरुमा स्वयं अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य के.सी, सन्देश शर्मा र विविध ब्याण्डलाई प्रस्तुत गरिएको छ भने जी.ए.फेथ. डी. एम. क्रियशनको नृत्य प्रस्तुती छ ।

ज्ञानेन्द्र शर्मा हुमाँगाईले छायाँकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् भने नृत्य निर्देशक रे ज्याक खड्का, सहायक निर्देशन निरजन महत र मेक अप अनिता ग्वाचाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment