+
+
Shares

परराष्ट्रमन्त्री शिशिर खनाल अष्ट्रेलिया आउँदै, क–कसलाई भेट्दैछन् ?

राजन घिमिरे राजन घिमिरे
२०८३ असोज २० गते १९:११

१९ असोज, सिड्नी । परराष्ट्रमन्त्री शिशिखर खनाल ४ दिने औपचारिक भ्रमणका लागि अष्ट्रेलिया आउने भएका छन् । मन्त्री खनाल बुधबार औपचारिक भ्रमणका लागि अष्ट्रोलिया आउन लागेका हुन् ।

अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमका अनुसार मन्त्री खनाल अष्ट्रेलिया सरकारको निमन्त्रणामा अष्ट्रेलिया आउन लागेका हुन् । अष्ट्रेलिया बसाइका क्रममा मन्त्री खनालले अष्ट्रेलियन विदेशमन्त्री पेनी वोङसँग भेट गर्ने कार्यक्रम रहेको कार्यवाहक राजदूत गौतमले बताइन् ।

बुधाबार दिउँसो अष्ट्रेलियाको मेलबर्न आइपुग्ने मन्त्री खनालले त्यसै दिन अष्ट्रेलियन विदेशमन्त्री पेनी वोङसँग भेट गर्ने कार्यक्रम रहेको छ । यसैगरी मन्त्री खनाल मेलबर्नबाट सिड्नी आइपुग्ने छन् भने सिड्नीमा शुक्रबार न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्ससँग भेट्ने तय भएको छ ।

यसैगरी मन्त्री खनालले विपक्षी दल लिबरल पार्टीका नेतासँग अष्ट्रेलियाको राजधानी क्यानबेरामा भेट्ने कार्यक्रम तय भएको छ ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?