+
+

‘मेरो पैसा खोइ’को छायांकन सुरु, बर्षाको ठाउँमा छुल्ठिम

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २५ गते १२:३६


चलचित्र ‘मेरो पैसा खोइ’को छायांकन सुरु भएको छ । लामो समयदेखि चर्चामा रहेको यो चलचित्रको छायांकन आजबाट सुरु गरिएको निर्माणपक्षले जनाएको छ । भारतीय निर्देशक विवेक शर्माले निर्देशन गर्ने यो चलचित्रलाई निर्माता रोज राणाले निर्माण गर्दैछन् ।

चलचित्रमा सौगात मल्ल, बर्षा राउत, सागर तिवारी, वुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ, छुल्ठिम गुरुङ, प्रमोद अग्रहरी मुख्य भूमिकामा रहनेछन् ।
बलिउडका चर्चित कलाकार जुहि चावला र राजपायल यादवले समेत यो चलचित्रमा अभिनय गर्ने निर्माणपक्षले बताएको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, बसन्त सापकोटाको संगीत रहनेछ ।

यो चलचित्रमा सुरुवातमा नायिका बर्षा सिवाकोटीलाई अनुवन्धित गरिएको थियो । तर, बर्षाले अर्की नायिका बर्षा राउत मुख्य भूमिकामा रहेको भन्दै चलचित्र छाडेकी थिइन् । अब, सिवाकोटीले निर्वाहा गर्ने भनिएको भूमिका नायिका छुल्ठिम गुरुङले निर्वाहा गर्ने भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?