+

तीन रेड कार्ड, एथ्लेटिकोलाई पन्छाउँदै बार्सिलोना फाइनलमा

२०७३ माघ  २६ गते १०:१९ २०७३ माघ २६ गते १०:१९
तीन रेड कार्ड, एथ्लेटिकोलाई पन्छाउँदै बार्सिलोना फाइनलमा

२६ माघ, काठमाडौं । बार्सिलोना कोपा डेल रे कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको तनावपूर्ण खेलमा एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ३-२ ले विजयी भएको छ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले ४३ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो ।

५७ औं मिनेटमा सार्गीले रातो कार्ड पाए र बार्सिलोना १० खेलाडीमा सिमित भयो । ६९ औं मिनेटमा एथ्लेटिको मड्रिड पनि १० खेलाडीमा सिमित भयो । उसका करास्कोले रातो कार्ड पाए ।

खेलको ८३ औं मिनेटमा गेमिरोले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल फर्काए ।

अन्तिम मिनेटमा बार्सिलोना ९ खेलाडीमा सिमित भयो । उसकास्वरेजले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय