+
+

एन्जेलिनाको आँखामा आँशु, भनिन्-‘डिभोर्सपछिकाे अवस्था निकै गाह्रो’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ९ गते १३:५०


हलिउडकै सुपरहट जोडी एन्जेलिना जोली र ब्राड पिटविचको वैवाहिक जीवन सकिएको छ । उनीहरुले, केहि महिना अगाडि मात्रै एक अर्काबाट अलग हुने निर्णय गरे ।

यसपछि, मिडियामा ब्राड र एन्जेलिनाको डिभोर्सको बिषयमा विभिन्न खालका खबर सार्वजनिक भए । तर, पहिलो पटक नायिका एन्जेलिना जोलीले मिडियासँग डिभोर्सको बिषयमा कुरा गरेकी छिन् ।

आफ्नो नयाँ चलचित्रको प्रमोशनका लागि बच्चासहित कम्बोडिया पुगेकी हलिउड स्टारले वीवीसीसँग कुरा गर्दै डिभोर्सपछिको अवस्थाको बिषयमा बोलेकी हुन् ।
कुराकानीका क्रममा एन्जेलिना निकै भावूक देखिएकी थिइन् ।

उनका आँखाबाट आँशु झरे । एन्जेलिनाले भनिन्-‘म यो बिषयमा धेरै बोल्न चाहन्नँ । तर, यो हाम्रा लागि निकै गाह्रो अवस्था हो । हामी एक परिवार थियौं र सधै नै रहिरहनेछौ ।’

उनले अगाडि भनिन्-‘धेरै मानिसले आफूलाई यो अवस्थामा देखेका छन् । मेरो सम्पूर्ण परिवारले अहिले निकै पीडादायिक अवस्था भोगिरहेको छ ।’
उनले आफ्नो फोकस आफ्ना सन्तानमा रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?