दुवई । स्याङ्जा सेवा समाज, युएईले एक धार्मिक अनुष्ठान आयोजना गरी दुबईमा भजनकीर्तनका साथ शिवरात्रि मनाएको छ ।
गत २४ फेब्रुवरी शुक्रबार दुबईको एभरेस्ट इन्टरनेसनल होटलमा आयोजना गरेको अनुष्ठानमा भगवान् शिवको पूजाअर्चनासहित शिवरात्री मनाइएको समाजका संस्थापक उपाध्यक्ष तथा व्यावसायी एकेन्द्र थापाले अनलाइनखबरलाई बताए ।
समाजका सल्लाहकार लेखनाथ न्यौपानेले भक्तजनहरुलाई भ्ागवान शिवको महिमाबारे प्रकाश पारेका थिए । मित्रलाल पाण्डेले विधिपूर्वक शिव भगवान्को पूजाआजा गरी भक्तजनहरुलाई प्रसाद प्रदान गरेका थिए ।
नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनको प्रमुख आतिथ्यमा भएको शिवरात्री पूजा कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले गरेका थिए ।
नेपाली समाजका अध्यक्ष सीपी सापकोटा, रुपन्देही समाजका अध्यक्ष हरि चापागाईं लगायतका समाजका पदाधिकारीहरु सहभागी भएको कार्यक्रममा कलाकार हरि डुम्रेको कलाकार टोलीले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा हलुवा, फलफूल जस्ता प्रसाद समाजले वितरण गरिएको थियो ।
प्रतिक्रिया 4