+
+

आरआरमा अखिल र क्रान्तिकारीको नाराबाजी, चुनाव अनिश्चित (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते ९:२५


२३ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई लिएर प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थी संगठनहरुले नाराबाजी गरिरहेका छन् ।

एमालेसम्वद्ध अखिलले स्ववियु चुनाव गर्न माग गर्दै नाराबाजी गरिरहेको छ भने माओवादीसम्वद्ध क्रान्तिकारीले त्यसको विपक्षमा नारा लगाइरहेको छ ।

१८ गते हुन नसकेको स्ववियु चुनाव आज सोमबारका लागि तय भएको थियो । तर, नेपाली कांग्रेससम्वद्ध नेविसंघले उम्मेदवारी नै दर्ता गरेको छैन ।

विहान ८ बजेबाट मतदान हुने भनिएको थियो । तर, मतदान अनिश्चित जस्तो देखिएको छ ।

क्याम्पस प्रशासनले एमालेनिकट अनेरास्ववियुसँग मिलेर निर्वाचन तालिका बनाएको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र माओवादी प्रचण्डनिकट अनेरास्ववियु(क्रान्तिकारी)ले निर्वाचन स्थागित गर्नुपर्ने माग राखेपछि आरआर क्याम्पसमा विवाद भएको छ ।

स्ववियु निर्वाचनकै विषयलाई लिएर आरआर क्याम्पसमा यसअघि दुई पटक झडप भइसकेको छ ।

क्याम्पस परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?