२२ चैत, काठमाडौं । डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।
उनले गृहमा निवेदन दिँदै सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेका हुन् । सिलवाल निकट स्रोतले भन्यो, ‘सर्वोच्चको फैसला कार्यान्वयनको माग गरिएको हो ।’
उनले सर्वोच्चको फैसलाको कपी समेत पेश गरेका छन् । सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यमूल्यांकनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो ।
सर्वोच्चको त्यही फैसलामा चार आर्थिकको कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा सिलवाल रहेको उल्लेख थियो ।
तर, डीआईजी सिलवालको निवेदनमा गृह मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
अवहेलनाको मुद्दाको तयारी
आईजीपी प्रकरणमा मुद्धा हालेका कपिल ढकालले भने सरकारले निर्णय गर्न ढिलाई गरेको बताए । उनले अब मन्त्रिपरिषद् बैठक बसेर पनि सर्वोच्चको ओलश अनुसार निर्णय नभए अवहेलनाको मुद्दा हाल्ने बताएका छन् ।
अधिवक्ता ढकालले भने, ‘अहिले मन्त्रिपरिषद् नै नबसेकाले हामीले अवहेलनामा जाँदैनौं । तर, बैठक बसेर पनि निर्णय गरेन भने सर्वोच्चमा जान्छु ।’
प्रतिक्रिया 4