Comments Add Comment

वस्तुगत समूहमा गोल्छा प्यानल अगाडि, अञ्जनलाई सर्वाधिक मत


२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यमा गोल्छा समूहले बर्चस्व कायम गरेको छ । वस्तुगत तर्फ १४मध्ये ८ केन्द्रीय सदस्यमा गोल्छा प्यानलका उम्मेदवारले जितेका छन् ।

चार सदस्य प्रधान समूहबाट निर्वाचित भएका छन् । वस्तुगततर्फ केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएर अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले कुल ७३ मत ल्याएका हुन् ।

उनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक तथा नडा अटोमोबाइल्स एशोसियशनका अध्यक्ष हुन् । बराबर मतका कारण बाँकी विजेतका घोषणाका लागि गोला प्रथा हुनेछ ।

वस्तुगततर्फ आकाश अधिकारी, कमला श्रेष्ठ, विनोद ढकाल, शिवप्रसाद घिसिरे, सकुन्तलाल हिराचन, सन्दीपकुमार अग्रवाल, हेमराज ढकाल, तिलचन्द्र भट्टराई र जयप्रसाद शिवाकोटीले जितेका छन् । २ सदस्य टुंग्याउन ५०/५० मत ल्याएकाहरुबीच गोला प्रथा हुनेछ ।

वस्तुगत समूहमा १४ कार्यकारिणी सदस्यमा २७ जना भिडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment