१२ अप्रील, सिड्नी । नेपालको सुदुरपश्चिमका जनताले मनाउने विसु पर्व अस्ट्रेलियामा पनि मनाइएको छ ।
सुदुरपश्चि समाज अस्ट्रेलियाले आयोजनामा अष्ट्रेलियामा पनि यो पर्व मनाइएको हो । कार्यक्रममा सिड्नीमा बसोबास गर्ने दुई सय सुदुरपश्चिमी नेपालिको उपस्थिति रहेको समाजका सचिव लक्ष्मी जोशीले जानकारी दए ।
कार्यक्रममा गायक केशवराज जोशी र रीचा गुरागाईको साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।
विसु पर्व तथा नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदानको अवसर पारी आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि न्यू साउथ वेल्सका लागि नेपालका महाबाणिज्यदुत दीपक खड्काले आफू नेपालको सुदुर पक्षिममा पुग्न नपाएपनि त्यहाँका नेपालीहरुलाई अस्ट्रेलियामा भेट्न पाउदा खुसी लागेको बताए ।
यस्तै अस्ट्रेलियामा भएका नेपालीहरुको पहिलो पुस्ताकी इन्दिरा वनले सुदूरपक्षिम नेपालका महिलाको पनि यहाँ ठुलो उपस्थिति भएकाले उनीहरुले महत्वपूर्ण काम गर्न सक्ने बताइन ।
अस्ट्रेलियाका स्थापित नेपाली ब्यबशायी धर्मराज अधिकारीले आफूले सिड्नीमा भेटेका मानिसहरुमा पहिले नै सुदुरपश्चिमका भएकाले आफ्नो बिशेष निकटता रहेको बताए ।
झापाली समाज अस्ट्रेलियाका संरक्षक दिनेश पोखरेलले आफू सुदूर पूर्वको भए पनि सुदूरपश्मि नेपालसंग आत्मियता भएको बताए ।
बुद्दिजिवी डा. जगदीश तिम्सिना र ७३ वर्षीया बिष्णुप्रसाद जोशीले पनि आफ्नो भनाइ रखेका थिए ।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति केशब जोशीले हाल सिड्नीमा मात्रै करिव ३ सय ८० परिवार सुदुरपश्मिबासीहरुको बसोबास रहेको जानकारी दए ।
प्रतिक्रिया 4