+
+

ग्राण्डी अस्पतालका चिकित्सक ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ द्वारा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ९ गते १८:१०

१० बैशाख, काठमाडाै । धापासीमा रहेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका इएमएस -इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. सञ्जय कार्की ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ द्वारा सम्मानित भएका छन् ।

अमेरिकाको ओटामा हालै सम्पन्न इएमएस टुडे २०१७ मा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. कार्की सम्मानित भएका हुन् ।

उनलाई ग्राण्डी अस्पतालमार्फत नेपालमा हस्पिटल बेस्ड पि्र-हस्पिटल कियर तथा इमजेन्सी मेडिसिन सर्भिस स्थापित गर्न तथा यस अन्तर्गत हेलिकप्टर इमर्जेन्सी मेडिकल इमर्जेन्सी सर्भिस सुरु गरी सयौ बिरामीको उपचारमा अतुलनीय योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको हो ।

हस्पिटलमा आधारित इमर्जेन्सी मेडिसिन सर्भिस तथा हेली इमर्जेन्सी मेडिसिन सर्भिसमा पुर्‍याएको विशेष योगदानको कदर गर्दै इएमएस टुडे म्यागेजिन, जोर्नल अफ इमर्जेन्सी मेडिकल सर्भिस, पेन ह्वील कर्पोरेसन, फिजियो कन्ट्रोल, स्ट्राइकर लगायतका संस्थाहरुले संयुक्त रुपमा उनलाई सम्मानित गरेको हो ।

यो सम्मान प्राप्त गर्नेमा डा. कार्की पहिलो नेपाली हुन् । हस्पिटल बेस्ड इमर्जेन्सी मेडिसिन सर्भिस -एचइएमएस)मा विशेष योगदान पुर्‍याए वापत यो पुरस्कार हरेक वर्ष विश्वका १० जनालाई प्रदान गरिदै आएकोमा यो वर्ष डा. कार्कीले प्राप्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?